FLASH NEWS
  • Loading...

पत्रकार महासंघ काठमाडौंमा तालाबन्दी

  • गोल्डेन खबर
  • ८ साल अघि
  • १७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं—व्यक्ति केन्द्रित निर्णय गरी महासंघलाई राजनीतिक रुपमा स्थापित गर्न लागेको भन्दै पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंमा मंगलबार ताला लगाइएको छ ।
महासंघले सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासंघ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौं जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै ताला लगाएको प्रेस चौतारी काठमाडौंका अध्यक्ष लोकेन्द्र केसीले जानकारी गराए ।
प्रेस युनियन, प्रेस चौतारी, नेपाल प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपालले संयुक्त रुपमा सहमति जनाउँदै ताला लगाएका हुन् । व्यक्तिगत स्वार्थका लागि विभिन्न बहानामा यसरी सदस्यता स्थानान्तरण प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै ताला लगाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विसं २०७३ माघ १५ पछि विभिन्न रुपमा भएको सबै सदस्यता स्थानान्तरण तत्काल रद्द गर्न पनि माग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित