- सांसद बस्नेत भन्छन "सरकारको खेल क्षेत्रमा हुकुमी शैलीमा हस्तक्षेप स्वीकार्य छैन " |
- सांसद पदम गिरीले शिक्षकहरूलाई सडक नछाड्नुस् भनेर विपक्षी दलका जिम्मेवार नेताहरूले नै उत्तेजित पारेको आरोप लगाए |
- रास्वपाका सांसद मनिष झा भन्छन " आफ्नो आयुको भन्दा सरकारले उपलब्धिहरूको चर्चा गरोस्" |
- रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे |
- आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ वैशाख १४ गते आइतबार, वैशाख कृष्णपक्ष औंसी) |
हरेक वर्ष राजा वीरेन्द्रका परिवारको सम्पत्ति खोजिने
- गोल्डेन खबर
- ८ साल अघि
- १६९ पटक पढिएको

काठमाडौं–नेपाल ट्रष्टको कार्यालयले प्रत्येक वर्ष १० जिल्लामा तत्कालीन राजा वीरेन्द्र तथा उनका परिवारको नाममा के कति अचल सम्पत्ति छन्, त्यसको खोजी गर्ने भएको छ ।
कार्यालयअन्तर्गत नुवाकोट, पोखरा, चितवन, हेटौँडा र गोकर्णमा रहेका एकाइ कार्यालयले अचल सम्पत्तिलाई खोजी गर्नेछ । सो परिवारको सम्पत्तिका बारेमा देशैभर के कति सम्पत्ति छ भनेर त्यसको लगत राख्नका लागि वर्षमा १० जिल्लाको थप अध्ययन कार्यालयले गर्ने भएको छ । देशका विभिन्न स्थानमा सो परिवारको नाममा रहेका अचल सम्पत्तिको खोजी अनुसन्धान गर्दा अहिलेसम्म २३ हजार रोपनी जमिन पाइएको छ ।
धादिङको छत्रे देउरालीमा १५ हजार १०२ रोपनी जमिन प्राप्त भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलाञ्चोक, धादिङ, कास्की, धनकुटा, सुर्खेतलगायतका स्थानमा अचल सम्पत्तिको खोजी गरिएको थियो । कार्यालयका सहसचिव लेखबहादुर कार्कीले प्रत्येक आवमा विभिन्न १० जिल्लामा वीरेन्द्रका परिवारको नाममा रहेका अचल सम्पत्ति खोजी गर्ने योजना रहेको बताए । सहसचिव कार्कीका अनुसार ट्रष्टको सञ्चालक समितिले देशका विभिन्न स्थानमा रहेका सम्पत्तिलाई संकलन गरी त्यसको संरक्षण गरी दुर्गम क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास तथा छात्रवृत्ति, समाज सेवा आदिमा उपयोग गरिने लक्ष्य राखिएको छ । राजा वीरेन्द्र तथा उनका परिवारको चल तथा अचल सम्पत्तिको खोजी गर्ने उद्देश्यले सरकारले विसं २०६४ मा नेपाल ट्रष्ट ऐन ल्याएको थियो । रासस