FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
महोत्सवले जुटायो रु ७५ लाखभन्दा बढी
- गोल्डेन खबर
- ८ साल अघि
- १६४ पटक पढिएको

गुल्मी, १७ फागुन । गुल्मीको एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सवमा विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ ।
जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निमाविको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ संस्थालगायतबाट गरी महोत्सवको पहिलो दिनसम्म रु ७५ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेष गरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयको रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले फागुन १४ देखि १६ गते सोमबारसम्म स्वर्ण महोत्सव सम्पन्न भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस