- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
भवन आगलागीबाट बङ्गलादेश र भियतनाममा सातजनाको मृत्यु, थुप्रै घाइते
- गोल्डेन खबर
- ८ साल अघि
- १६७ पटक पढिएको

हो चि मिन्ह सिटी, १५ फागुन । दक्षिणी भियतनामको बिन दोङ्ग प्रान्तमा अवस्थित थु दाउ नगरको एक आवासीय भवनमा आज मध्यरातपछि आगलागी हुँदा सो घरमा बसोबास गर्दै आएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घरधनीकै परिवारका पति, पत्नी र उनीहरुका दुई जना बालबालिका परेका नगर प्रहरीले जनाएको छ ।
भवनलाई आगोको लप्काले पक्रिएको थाहा पाउनासाथ स्थानीय छरछिमेकका मानिसहरु दौडादौड गर्दै हारगुहार गर्न आउँदा घरका दुबै द्वारहरु भित्रबाट तालाबन्द भएको पाइएको थियो । तत्कालै अग्नी नियन्त्रकहरुले मूल ढोका फेरी भित्र पस्दा आमाचाहिँले छोरीलाई च्यापिरहेको र चारै जना मृत अवस्थामा भेटिए ।
भियतनाममा गत बर्ष तीनहजार दुइसय छपन्न वटा आगलागी र विस्फोटनका ठूला घटनाहरु भएका र यी घटनाहरुबाट एकसयपैंतीस जना सर्वसाधारणको मृत्यु, अन्य दुईसयअठहत्तर जना घाइते तथा १४ खर्ब ७४ अर्ब दोङ्ग (भियतनामी मुद्रा) अर्थात् करीब ६ करोड ६१ लाख अमेरिकी डलर बराबरको धनमाल नष्ट भएको भियतनामको अग्नी समन तथा नियन्त्रण विभागले जनाएको छ ।
त्यस्तै, बङ्गलादेशको राजधानी ढाकाको एक पुरानो बस्तीमा शनिबार राति दुईवटा छुट्टाछुट्टै आगलागीका घटना हुँदा एक जना महिला सहित तीन जनाको मृत्यु हुनाको साथै अन्य नौ जना सख्त घाइते भएका ढाका महानगरीय प्रहरीले जनाएको छ । राजधानी ढाकाको एउटा गुजुमुज्ज परेको र साँघुरो बस्तीको इलाकाः इस्लामबागको एक प्लास्टिक गोदाममा आगलागी भएपछि डढेर कालै भएको तीनजनाको शव भेटिएको महानगरीय प्रहरीका एजना बरीष्ठ अधिकारीले जनाएका छन् । आगलागीको कारण तत्कालै पत्ता लाग्न सकेन ।
त्यसैगरी ढाकाकै स्थानीय एक रेष्टुराँमा पनि शनिबार साँझ पकाउने ग्याँसको सिलिन्डर पड्किई आगलागी हुँदा आगोको लप्कामा परी नौ जना नराम्ररी जलेका स्थानीय प्रहरी श्रोतले जनाएको छ । आगो निभाउन थुप्रै दमकल परिचालन गरिएकाले साँघुरो बस्तीका अन्य भवनहरुमा धन्न आगो फैलन पाएन ।
केही बर्ष अघि, सन् २०१० को जुन महिनामा राजधानी ढाकाको अर्को गुजुमुज्ज परेको र साँघुरो बस्तीको इलाकामा यसैगरी भयानक आगलागी हँुदा दशकौं पुराना दर्जनौं भवनहरु स्वाहा भै धेरै सर्वसाधारणले लामो समयसम्म अकल्पनीय पीडा भोग्नु परेको थियो । रासस ÷सिन्ह्वा