- Loading...
आँखाको विशेषज्ञ सेवा सुरु
- गोल्डेन खबर
- ७ साल अघि
- १४९ पटक पढिएको
दाङ, १५ फागुन । यहाँको अस्पतालले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले आँखाको उपचारका लागि आवश्यक पर्ने मेसिन उपकरण खरिद गरी सेवा दिन सुरु गरेको छ ।
अस्पतालले विशेषज्ञ सेवासँगै आँखाको दृष्टि नशा जाँच गर्ने मेसिन (अक्टोपस), ग्रिनलेजर, एनसिटीलगायतका मेसिन उपकरण अस्पतालमा जडान गरी सेवा दिन सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो ।
रु दुई करोड ५० लाख लागतमा सो मेसिन अस्पतालले खरिद गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनु भयो ।
राप्ती आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गतका तीनवटा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
दृष्टि नशा जाँच मेसिनले आँखामा जलबिन्दु भए÷नभएको र आँखाको दृष्टि कस्तो छ सहजै थाहा हुने, एनसिटी मेसिनले आँखाको प्रेसर मापन गर्ने र ग्रिन लेजर मेसिनले मधुमेह, ब्लड प्रेसर र उमेरले गर्दा आँखाको पर्दामा रगतका नलीहरु फुटेकोलाई बन्द गर्ने काम गर्ने विशेषज्ञ यादवले बताउनुभयो ।
यसअघि अस्पतालमा सो सेवा नहुँदा आँखाका बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको थियो । अस्पतालले यस प्रविधिबाट आँखाको मोतिबिन्दुको शल्यक्रिया सेवा पनि सुरु गरेको जनाएको छ । रासस