FLASH NEWS
  • Loading...

महानिरीक्षको जिम्मेवारीमा आजदेखि सिलवाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail


काठमाडौं/ लोकप्रिय डीआईजी नवराज सिलवालले आजदेखि निमित्त प्रहरी महानिरीक्षक पद सम्हालेका छन् । महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बिदाइसँगै सिलवालले प्रहरी नियमावली २०७१ अनुसार महानिरीक्षको कार्यभार समाल्ने अवसर पाएका हुन् । जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन मन्त्रिपरिषदले गरेको निर्ण्र्ाासर्वोच्च अदालतले  कार्यान्वयन नगराउन आदेश दिएपछि कार्य दक्षताको आधारमा महानिरीक्षकको जिम्मेवारी सिलवालको पोल्टामा आएको हो ।
प्रहरी प्रधान कार्यालयले कार्यकाल पूरा गरेका महानिरीक्षक अर्याललाई बिदाई गरेको छ । उनीसँगै १० एआईजी र ३ डीआईजी बिदा भएका छन् । प्राविधिकतर्फप्रहरी अस्पतालका एआईजी दिनेशचन्द्र पोखरेल बाँकी रहने छन् । प्राविधिकलाई निमित्त दिइने परम्परा नरहेका कारण वरिष्ठ डीआईजी नै निमित्त पद सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित