FLASH NEWS
- Loading...
नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित
- गोल्डेन खबर
- ८ साल अघि
- १७५ पटक पढिएको
![Post Thumbnail](https://www.goldenkhabar.com/wp-content/themes/goji-2023/img/default.png)
जोहानर्सबर्ग-संयुक्त राष्ट्रसंघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् ।
बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ ।
खाद्य र कृषि संगठनले गरेको अनुमानअनुसार उत्तरपर्ूर्वी नाइजेरियामा आएको यो एक ठूलो मानवीय संकट हो । बोको हराम आतङ्ककारी समूहको जन्मस्थान बोर्नो राज्यमा विशेषगरी यो समस्या आइपरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस राज्यमा पाँच हजारभन्दा बढी बालबालिका यस समस्यालाई कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस