- त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवारले नै लगाए ताला |
- ट्रम्पको आग्रहलाई स्वीकार गर्दै पुटिनले भने- कुर्स्कमा युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्छ |
- राजावादीहरूको प्रदर्शनबारे रास्वपाभित्रै प्रश्न, कसले दिने उत्तर? |
- Holi: The Festival of Colors and Its Cultural Significance in Nepal and India |
- Grand Three-Day Holi Celebration Concludes in Rautahat |
कृषिमाउत्पादकत्व बृद्धि गर्ने बजेट खै ?
- गोल्डेन खबर
- ८ साल अघि
- १९७ पटक पढिएको

नेपाल सरकारकाबिभिन्नमन्त्रालयमायतिखेर चालु आर्थिक बर्षको बजेट बिनियोजन कार्य तीब्ररुपमा अघि बढाइएको छ । अन्यमन्त्रालयहरु चालु आर्थिक बर्षको बजेट बिनियोजन कार्यमा जुटेका छन् भने, कृषिविकास मन्त्रालययतिखेर आगामीआर्थिक बर्षकालागि बजेट तथाकार्यक्रमनिर्माणको तयारीमा जुटेको देखिन्छ । चालु आर्थिक बर्षमाप्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना समेत सञ्चालनभएकोले आगामीआर्थिक बर्षमापनित्यसले निरन्तरतापाउने नै छ । यस्ता परियोजनाबाहेक मन्त्रालयकानियमितकार्यक्रमहरुमा समेत बजेट निर्माण गर्दा राजनीतिक भागबण्डालाई समेत मध्यनजर गरी बनाउने, दवावदिने र सोही अनुरुपको कार्यक्रमनिर्माण हुने गरेको विगतका बजेटले नै पुष्टि गर्दै पनिआईरहेको देखिन्छन् ।
अहिले फेरि कृषिविकास मन्त्रालयको योजनामहाशाखामाआफ्नो योजनाहरु अनिवार्य रुपमा समावेश हुनुपर्ने भन्दै प्रत्येक राजनीतिदलका नेतादेखि कार्यकर्तासम्मपुग्ने गरेका छन् । जुनव्यक्तिगतलाभहुने योजना सहित । कतिपय योजनावास्तवमा नै किसानकापक्षमा देखिन्छन् भने कतिपय योजना केवल बजेट सिध्याउने नाममाविनियोजन गरेको देखिन्छ ।
बजेटतथाकार्यक्रम तय गर्ने र योजनाआयोगबाट स्वीकृत गराउने बेलासम्मपनिआ–आफ्नाकार्य योजनापार्नकालागि ठूलै पापड पेल्ने गरेको पनि देखिन्छ । कृषिविकास मन्त्रालयले हरेक बर्ष बजेट निर्माण गर्दा नयांपनभने आउन सकेको देखिंदैन । विगतमाभएकाकार्यक्रमलाई नै बजेट थपघट गर्ने बाहेककानयां उत्पादकत्व बृद्धि गर्ने खालका र किसानमयहुने खालकाकार्यक्रमहरु आउननसकेको हो किभन्ने दुखेसो पनि बेला बेलामाआउने गरेको पनि छ ।
सवैभन्दा महत्वपूर्ण कुरा के हो भने बजेट तथाकार्यक्रमनिर्माण गर्दा उत्पादनमुखिहोस् न कि प्रस्तावमुखी । अहिले कृषिविकास मन्त्रालयले निजी साझेदारीकानाममावा संघसंस्था, सहकारीहरुको नाममापनिअनुदानदिंदै आईरहेको छ । जुनबालुवामापानीबाहेक केहीपनिबन्न सकेको छैन । कृषि क्षेत्रको विकास गर्ने हो भने निजी क्षेत्रको विकास हुनु पनिउत्तिकै जरुरी छ । तर जरुरी छ भन्दैमा प्रस्तावमुखीकार्यक्रम र कागजीप्रतिवेदनकाआधारमा बजेट सिध्याउने कामकहिले बन्दहुने ?नगदअनुदाननिजी क्षेत्रलाई किनदिन? सरकारले निजी क्षेत्रलाई अनुदानदिने हो भने उनीहरुले कृषिव्यवसायकालागिलिएको ऋणको व्याजमाअनुदानवा कृषिलाई आवश्यक पर्ने कृषि सामग्रीमाआयातगर्दा भन्सार शुल्कमाअनुदानवा कृषिउत्पादनकाआधारमाअनुदानदिने कार्यक्रमएवं बजेट निर्माण गर्दा पो हुने हो कि त्यसैले कागजीप्रक्रियामा रकमसिध्याउने किसिमले तयार गरिएका बजेटमाथि दृष्टि पु¥याउने हो कि?