FLASH NEWS
  • Loading...

झाँकी रौनकसहित वालिङ महोत्सव सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०८ पटक पढिएको
Post Thumbnail

 


हिमलाल पराजुली

वालिङ, स्याङ्जा- बहुप्रतिक्षित वालिङ महोत्सव आजदेखि सुरु भएको छ । महोत्सव पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी शर्मा ओलीबाट उद्घाटन हुँदैछ ।
महोत्सव स्थल खेलमैदानमा यतिखेर रौनकता छाएको छ । कार्यक्रममा विभिन्न झाँकीसहित सहभागिहरुको प्रवेश गरिरहेका छन् ।
वालिङ उद्योग वाणिज्य संघमको आयोजनामा हाम्र्रो गौरव हाम्र्रो सान ‘छैटौ वालिङ महोत्सव हाम्र्रो पहिचान भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सवमा कृषि, पर्यटनसहित ३ सय ४० स्टल राखिएका छन् । आँधी खोला थुनेर जलायश बनाइएको छ र त्यसमा ढुंगा संचालन गरिएको छ । महोत्सवमा परम्परागत शैलीको कुडुलेघर पनि राखिएको छ । कृषि, पर्यटन, साँस्कृतिक  र विभिन्न व्यवसायको प्रवद्धनको लागि आयोजना गरिएको संयोजक शोभाकान्त पौडेलले बताए ।  संघका  वरिष्ठ उपाध्यक्ष अनन्तराज गैे्रहेले महोत्सवबाट करोड ३० लाख आम्दानी गर्ने र अनुमानित ७० लाख खर्च हुने तथा  ६० लाख बचत गर्ने लक्ष्य रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित