FLASH NEWS
  • Loading...

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनप्रति आपत्ति

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail

व्यवस्थापिका–संसदमा सोमबार बसेको बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यावहारिक र अवैज्ञानिक भन्दै आलोचना गरेका छन् ।
बैठकमा सांसद जगदीशनरसिंह केसी र राज्यलक्ष्मी श्रेष्ठले पुनःसंरचना आयोगको मापदण्डअनुसार नै जिल्ला जिल्लाबाट सहमतिका आधारमा निर्णय भएको तर अहिले प्रतिवेदनमा फरक कुरा सुनिएको भन्दै आलोचना गरे । उनीहरुले नुवाकोटमा जनताले मन नपरेका विषयमा ज्ञापनपत्र बुझाउन जाँदा निर्दाष जनतामाथि प्रहरीले दमन गरेको भन्दै यस्ता दमनकारी प्रवृद्धि अझै हावी भईरहेको बताए ।

सांसद प्रकाश ज्वालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन भित्रिएको घटनाप्रति इगित गर्दै विमानस्थलको नाजुक सुरक्षा व्यवस्थाप्रति सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । उनले विमानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त र व्यवस्थित गर्नुपर्ने बताउँदै सुनकाण्डका दोषीलाई कडा कारबाही गर्नसमेत माग गरे । उनले भने
विमानस्थलबाट अवैध हतियार भित्रियो भने के हुन्छ ?भन्ने प्रश्न गर्दै उनले यस्ता घटनामा भरिया पक्रिने तर मालिक नपक्रिने प्रवृत्तिप्रति आपत्ति जनाए ।
सांसद डा सुबोधकुमार पोखरेलले सिके राउतले राष्ट्र विखण्डनको कुरा गर्दा पनि सरकार मूकदर्शक बनेकोप्रति गुनासो गर्दै मुलुकको अखण्डता बचाउन र संघीयता कार्यान्वयन गर्न पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनुपर्ने सुझाव दिए ।
बैठकमा लुम्बिनी विकास कोषमा भएको अनियमितता छानबिन गर्न माग, सिँचाइको प्रबन्ध गर्न सरकारको आग्रह, धादिङमा अजित मिजार र काभ्रेमा लक्ष्मी परियारको विभत्स हत्या हँदासमेत सरकारले यसमा खासै ध्यान नदिनु दुखद भएको बताइयो । दलित तथा शिल्पी जातिले अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको अन्याय राज्यको गैरजिम्मेवारीपन भएको बताईएको थियो ।

त्यस्तै विद्युत् चोरीमा ठूला कर्मचारी र उद्योगी दोषी तस्बिरसहित सार्वजनिक गर्नुपर्ने माग,न्याय परिषद्ले सिफारिस गरेको ८० जना न्यायाधीशको सूचीमा क्षमताभन्दा बाहिरका व्यक्ति आएको भन्ने आमगुनासो आएको बताईएको थियो। ।
सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो सम्मानित व्यक्तिले राष्ट्रका सम्बन्धमा गम्भीर कुरा सार्वजनिक कार्यक्रममा गर्ने तर संसद्मा नभन्ने गरेको गुनासो गरे । संरचना आयोगको प्रतिवेदनका सम्बन्धमा आयोगले तोकेको मापदण्ड बमोजिम नै म्याग्दीबाट निर्णय पठाएको तर अहिले प्रतिवेदनमा फरक कुरा आएको भनेर आपत्ति जनाईयो ।
व्यवस्थापिका–संसद्को अर्का बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित