FLASH NEWS
  • Loading...

हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १११ पटक पढिएको
Post Thumbnail


सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको जानाएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सूचना केन्द्रको शनिबार उद्घाटन गर्दै उनले सो जानकारी गराएका हुन् । उनले जनतालाई सूसुचीत गराउदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता आउने भन्दै हुलाक सेवा हालको सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको बताए । उनले राज्यलाई एफएम् रेडियोले राजस्व बुझाउने भन्दा जन उत्तरदायित्वको पत्रकारिता गर्दा राज्यलाई लाभ हुने बताउदै रेडियो नवीकरण दस्तुर घटाउनतर्फ आफूले निर्देशन दिएको बताए । सञ्चारकर्मीले सकारात्मक समाचार दिएर पाठकको पठन संस्कृतिमासमेत सकरात्मक परिवर्तन गर्नुपर्नेमा सञ्चारमन्त्रीले जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित