FLASH NEWS
  • Loading...

शीतलनिवासमा कान्छि छोरीको बिहे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११९ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छीछोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासमा विवाह सम्पन्न भयो ।
निशाकुशुम र अभिषेक यादवबीच विहान १० बजेको साइतमा स्वयमंवर भएको थियो ।
बेहुला अभिषेक यादवको साथमा उनका पिता मुनीलाल यादव तथा माता किरण यादवसहितका आफन्तहरु शीतलनिवास आएका थिए । बिहेमा ५१ जना जन्ती शितल निवास आएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी एवं उनका परिवार र आफन्तजनहरुको उपस्थिति थियो । उक्त अवसरमा शुभकामना एवं आशिर्वाद दिन पुर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा पनि पुगेका थिए । वरवधुलाई शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका शीर्ष नेताहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलगायत शितल निवास पुगेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित