FLASH NEWS
  • Loading...

संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०४ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं/ पर्ूवसभामुख सुवासचन्द्र नेम्वा‹ले प्रमुख दल बिचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउनु भएको छ ।
‘संविधान जारी गर्ने बेला जसरी यी दल मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनर्ैपर्छ’ गोल्डेन खबर डट कमको बिहीवार शुभारम्भ गर्दै पर्ूवसभामुख नेवा‹ले भन्नुभयो- दल आपसमा नमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन ।’
एमाले नेता नेम्वा‹ले संविधानले जनतालाई सबै अधिकार दिएको प्रष्ट्रयाउनुभयो । ‘संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’ कार्यक्रममा उहाँले भन्नुभयो-‘बुद्धि, विवेक र क्षमता आफैले विकास गर्नर्ुपर्छ । हामी कसरी मर्यादित बन्ने कुरा संविधानले दिदैन, मर्यादित आफै हुने हो ।’
नेता नेम्वा‹ले लोकतन्त्रलाई संस्थागत गर्न संचारमाध्यमको भूमिका बढी हुने धारणा व्यक्त गर्नुभयो । ‘विगतका आन्दोलन सफल हुन पनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उहाँले भन्नु भयो- हाम्रा आवाज विश्व भर पुर्‍याउन सञ्चारमाध्यमकै भूमिका छ ।’
उहाँले गोल्डेनखबर डट कमलाई कान्छो संञ्चारको रुपमा लिदै जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौं-३ का साँसद रामेश्वर फुयाँलले संघीयता पहिचाहन र सामर्थ्य हेरेर बनाउनु पर्ने बताउनुभयो । ‘५ विकास क्षेत्रलाईलाई नै संघीयता मान्दा सबै भन्दा उत्तम हुन्छ’ उहाँले भन्नु भयो ।
साँसद फुयाँलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान कहिल्यै बिर्सन नसकिने बताउनु भयो । ‘राष्ट्रिय एकता दिवसमा सरकारले यस पाली त बिदा दिएन, तर अर्को साल जसरी पनि पृथ्वी जयन्ती मनाइन्छ ।’
म्ाओवादी केन्द्रका पोलिटव्यूरो सदस्य प्रकाश रोकायले एनजिओ र आइएनजिओले देश बिगारेको आरोप लगाउनु भयो । ‘कर्ण्ाालीमा एनजिओलाई प्रतिबन्ध लगाउनु पर्छ’ उहाँले भन्नु भयो ।
कार्यक्रममा कलाकार मदन घिमिरे, संजय खतिवडा, पुष्कर रेग्मी, यज्ञबहादुर थापा, दीपक थापा लगायतका वक्ताले गोल्डेन खबर डट कम पत्रकारितामा पृथक ढंगको समाचार दिओस भन्ने आफूहरुको अपेक्षा भएको बत्ााए ।
कार्यक्रम गोल्डेन पब्लिकेशनका अध्यक्ष प्रबिण बिष्टको अध्यक्षतामा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित