FLASH NEWS
  • Loading...

सैफ र करिनाको छोराको पहिलो स्केच

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail


करीना र सैफ अली खानका छोरा तैमूर अली खान पटौदी जन्मे देखि नै चर्चामा रहेको छ । जब करिना र सैफले छोराको नाम तैमूर राखियो भनेर मेडियामा आए । त्यो बेला देखि नै तैमूरको नामले चर्चा पायो । सोसल मेडियामा यसको विरोध भयो । धेरै मान्छेको हत्याराको नाममा आफ्नो छोरोको नाम राखियो भनेर विरोध गरिएको थियो । १४ औ शताब्दिमा तैमूर लंगले दिल्लीलाई तहस नहस पारेका थिए । उनले थुप्रै मानिसको ज्यान लिएका थिए । त्यसैले यस्तो नाम नराख्न करिना र सैफका शुभेच्छुकहरुले उनीहरुलाई सुभाव दिएका थिए ।


करिनाले गर्भवति भए देखि नै आफू गर्भवती भएको र गर्भवति एउटा सामान्य प्राकृतिक कुरा भएको भन्दै आफ्ना सबै दैनिकी नियमित गर्दै आएकी थिईन् । उनले छोरा तैमूरलाई जन्म दिए पछि पनि छोरालाई मेडियाको सामु ल्याएकी थिईन् । तैमूरको नँमको केहि दिनमा नै करिना सैफसंग डिनरको लागी गएकी थिईन् । छोरा जन्मेको महिना दिन भएको छैन । करिना पहिलेको जस्तो नै देखिएकी छिन् । आफ्नो दैनिकीमा फर्किएको आभाष दिन थालेकी छिन् ।
तैमूरको फुपू सोहा अलि खानले तैमूरको एउटा स्केच आफ्नो इस्टाग्राममा पोष्ट गरेकी छिन् । सो स्केच उनले सैफको हातमा राखेर देखाएकी थिईन् । जुन अहिले सम्मको तैमूरको यहि फोटोलाई आधिकारिक मानिएको छ । त्यस्तै तैमूरको आफ्नो कोक्रोको फोटो पनि देखाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित